राजविराज (नेस)
सप्तरी जिल्ला अदालतमा दुईवर्ष अघिका मुद्दाको चाङ लागेको छ । दुई वर्षअघिका मुद्दा बाँकी नराख्ने लक्ष्य रहे पनि अदालतमा २०७३ जेठ ३१ गतेअघिका ६ सय ४७ वटा मुद्दाको फैसला हुन सकेको छैन ।
अदालतमा २०६९ सालदेखिका मुद्दा फछ्र्यौठ हुन वाँकी रहेको श्रेष्तेदार दिलकुमार वर्देवाले वताए । दरवन्दि अनुपातमा न्यायाधिस नहुँदा मुद्दा फैसला प्रभावित भएको उनको भनाई छ।न्यायाधिस कम हुँदा अदालते आव ०७४÷०७५ मा ३४ दशमलव ८९ प्रतिशत मात्रै मुद्दा फैसला गर्न सकेको छ । सप्तरी जिल्ला अदालतमा ९ न्यायाधीशको दरबन्दी भएपनि ५ जना मात्रै कार्यरत छन् ।
जिम्मेवारी सरेका ३ हजार ३ सय ५८ र नयाँ दर्ता भएका ६ हजार ६ सय ६० मुद्दामध्ये यो वर्ष २ हजार ३ सय २४ वटाको मात्र अन्तिम किनारा लागेको श्रेष्तेदार वर्देवाले वताए ।मुद्दाको चापका अनुपातमा न्यायाधिसको कमी, भएका न्यायाधिस र कर्मचारी प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निर्वाचनमा खटिनु परेका कारण फैसला प्रभावित भएको उनले दावी गरे ।











प्रतिक्रिया