नेपाल समाचारपत्र, काठमाडौं
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनताको स्वास्थ्यमा कुनै पनि असर पर्ने काम गरे तत्काल कारबाही गर्ने चेतावनी दिनुभएको छ । चिकित्सा शिक्षाको बेथितिविरुद्ध १९ दिनदेखि जुम्ला अस्पतालमा अनशनरत डा. गोविन्द केसीको मागप्रति समर्थन गर्दै आन्दोलन गरिररहेका चिकित्सकलाई लक्षित गर्दै मन्त्री पोखरेलले भन्नुभयो– ‘अस्पताल अनशन गर्ने स्थल होइन यदि कसैले अस्पतालमा आन्दोलन गर्छ भने सरकारले कारबाही गर्छ ।’
उहाँले डा. केसीको समर्थनमा बाहिर वार्ता गर्ने अनि भित्र विधेयक फिर्ता लिनुपर्छ भन्ने माग गलत भएको स्पष्ट पार्नुभयो । उहाँले काठमाडौं आएपछि मात्र आन्दोलन पक्षधर संग वार्ता गर्ने जानकारी गराउनुभयो । बुधबार राती प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरे, स्वाथ्यमन्त्री उपेन्द्र यादव र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पोखरेल सहितको बैठकले डा. केसीलाई काठमार्डौ ल्याउने निर्णय गरेको थियो । लगत्तै हिजो बिहीबार वार्ता टोलीका संयोजक एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल सहितको टोली जुम्ला पुगेको थियो ।
मन्त्री पोखरेलले अनशनरत डा केसीको माग पुरा गर्न संसदमा गएको विधेयक फिर्ता नहुने र अध्यादेश नआउने अडान दोहो¥याउनुभयो । उहाँले भन्नुभयो– ‘संसद्मा दर्ता भएको विधेयक फिर्ता हुँदैन, संसद्बाटै संवाद गरेर समस्या समाधान गर्न सकिन्छ । संसद्मा गएको विधेयक फिर्ता हुँदैन, अब अध्यादेश पनि आउँदैन’ –उहाँको भनाइ थियो । ‘हाम्रो वटम लाइन भनेको पहिला डा केसीको जीवन रक्षा गर्ने त्यसपछि वार्ता गर्ने हो । अध्याधेश पारित गर्ने समय २० गतेसम्म थियो कांग्रेसका कारण आएन’ –उहाँले भन्नुभयो ।
चिकित्सा शिक्षाको सुधारका लागि माथेमा कार्यदलले गरेको सिफारिसका आधारमा विधेयक बन्नुपर्ने केसीको मुख्य माग छ । वालुवाटारमा बुधबार राति भएको आकस्मिक बैठकपछि बिहीबार मन्त्रालयको कार्यकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संवाद र छलफलको प्रक्रियाबाट सरकार अघि बढ्न चाहेको दोहो¥यायदै आन्दोलन गर्दैमा सबै माग पूरा गर्न नसकिने उल्लेख गर्नुभयो ।











प्रतिक्रिया