नेपाल समाचारपत्र, भक्तपुर
नागरिक सामुदायिक टिचिङ अस्पताल गठ्ठाघरले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ अस्पतालले आयोजना गरेको एक कार्यशालामा अस्पतालका प्रबन्ध सञ्चालक नागेन्द्र झाले पत्रकारलाई ५० प्रतिशत र नेपाल पत्रकार महासंघले सिफारिस गरेका नागरिकलाई २० प्रतिशत उपचारमा छुट प्रदान गर्ने घोषणा गरेका हुन् ।
अस्पतालले भक्तपुरमा रहेका पत्रकारहरुका लागि कन्सल्टेन्ट ओपीडी र अप्रेशन बाहेकका सेवामा यतिको छुट प्रदान दिने भएको हो । उनले अहिले १०० बेडमा सेवा प्रदान गरिरहेको अस्पतालको स्त्तरउन्नती गरेर केही समयमै २०० बेडको बनाउँने तयारी पनि भैरहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिए ।
कार्यक्रममा झाले अस्पतालको क्षमता बृद्धिसँगै रेडियोग्राफी, फार्मेसी लगायतका सेवाहरु पनि थप गर्ने योजना बनाएको बताए । उनले अहिले अस्पतालमा रहेको २० कोटाको बिएसी नसिंङ सेवालाई बृद्धि गरेर ४० कोटामा पु¥याउने बताए ।
डोर टु डोर सेवा प्रदान गर्नका लागि अस्पतालले आगामी दिनमा राजधानी काठमाडौंमा रहेका ग्राण्डी, नर्भिक लगायतका अस्पतालको सहकार्यमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने तयारीअनुसार छलफल अन्तिम चरणमा पुगेको नागरिक अस्पतालका वृत्त निर्देशक भुवनचक्र जोशीले जानकारी दिए ।
नागरिक अस्पतालले जनचाहना र मागलाई मध्यनजर गर्दै आगामी दिनमा उपत्यका बाहिरका जिल्लामा पनि सेवा प्रदान गर्ने योजना बनाएको जोशीले बताएका छन् ।अस्पतालका प्रबन्ध सञ्चालक झाको सभापतित्वमा भएको उक्त कार्यशालामा अस्पतालका निर्देशकहरु नविन श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुस्करराज बुढाथोकी ,अस्पतालका प्रशासन प्रमुख मञ्जु तिमिल्सेना लगायतका करिब एक दर्जनबढी पत्रकारहरुको सहभागीता रहेको थियो ।
अस्पतालले अहिले ईमर्जेन्सी भेण्टीलेटर सहित १० शैयाको आईसियू सेवा, ईन्डेयुरोलोजी सेवा, मुटुरोग सेवा, प्रसुती तथा स्त्रीरोग सेवा, वाल रोग सेवा, फिजियोथेरापी सेवा, दन्त रोग सेवा,परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, अल्टासाउन्ड, ईसिजि लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।











प्रतिक्रिया