प्रतिष्ठानको कार्यकारी निर्देशकमा दाहाल नियुक्त

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले ओखलढुंगाका पुरुषोत्तम दाहाललाई प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा नियुक्त गर्नुभएको छ ।

नेपाली काग्रेसको १२औं महाधिवेशनले पार्टीको नीति निर्माणमा सहयोग पु¥याउन र आम कार्यकर्तालाई पार्टीको आदर्श, नीति, सिद्धान्त वोध गराउने तथा देशव्यापी प्रशिक्षणको कार्यलाई नियमित र व्यवस्थित गर्न नयाँ केन्द्रिय विभाग भन्दा माथिल्लो संयन्त्रको रुपमा गठित केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान १३औं महाधिवेशन पछि निष्कृय भएको छ ।

प्रतिष्ठान प्रमुखले एकजना कार्यकारी निर्देशक समेत नियुक्त गर्ने व्यवस्थाअनुसार उपसभापति निधिले दाहाललाई कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो । दाहाल विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा अनवरत रुपमा सक्रिय हुनुहुन्छ भने विगत ३४ वर्षदेखि प्राध्यापनमा संलग्न हुनुहुन्छ । २०३१ सालदेखि नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकार समेत हुनुहुन्छ ।

दाहालले २०४१ देखि २०५६ सम्म नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर काम समेत गरिसक्नु भएको छ ।

नेपाली काग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति निधीले कांग्रेसको नियमावली २०६८ को नियम २७ (३) बमोजिम दाहाललाई वुधवार नियुक्त गर्नु भएको हो ।

काग्रेसको महत्वपुर्ण संरचना मानिएको केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानको गठन सम्बन्धि व्यवस्था विधानको धारा ३६ मा उल्लेख गरिएको छ भने यसको संरचना र नियममित कार्य सञ्चालन बारे नियमावलीमा उल्लेख छ ।

उपसभापतिको प्रमुखत्वमा गठन हुने यो प्रतिष्ठानमा केन्द्रीय सदस्य एवं पार्टीका उपयुक्त व्यक्ति उपप्रमुख रहने व्यवस्था छ । यसको संरचना निर्माण गर्दा प्रतिष्ठानका प्रमुखले सम्बन्धित विषय क्षत्रका ज्ञाता पार्टीका क्रियाशिल सदस्यमध्ये २५ जनालाई सदस्यमा नियुक्त गर्ने व्यवस्था छ ।

काग्रेस भित्र समयमै उपसभापति मनोनित नहुदा र सभापति शेरवहादुर देउवा स्वयंले समेत अग्रसरता लिएर प्रतिष्ठानको उदेश्य अनुरुप कार्य अघि बढाउन नसक्दाको कारणले पनि हालै सम्पन्न तीनै तहको निर्वाचनमा काग्रेस पराजित हुन बल पुगेको भनि नेतृत्वको भैरहेको थियो ।

तत्कालिन अवस्थामा यो प्रतिष्ठानको उदेश्य अनुरुप प्रभावकारी काम भएकै कारण पनि पहिलो संविधानसभामा निर्वाचनमा नराम्ररी पराजित भएको नेपाली काग्रेसले दोस्रो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठुलो दलको हैसियत कायम राख्न सकेको पनि बताइदै आएको थियो ।

प्रतिष्ठानको काम
–विभिन्न विषय क्षेत्रमा कार्यरत सुजनशील, वौद्धिक र व्यवसायीक जनशक्तिको सहयोग लिई प्रतिष्ठानले पार्टीको नीति निर्माणमा र नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
–नियमित रुपमा विषयगत विचार गोष्ठि, अन्तरसंवाद र परामर्श कार्यक्रम सञ्चालन गर्ने ।
–पार्टी सदस्य तथा विभिन्न तहका पार्टी पदाधिकारीहरुलाई लगि प्रतिष्ठानद्धारा निर्धारित कार्यक्रम अनुसार राजनीतिक, सामाजिक, आर्थिक विषयमा प्रशिक्षत गराउने ।
–प्रतिष्ठानलाई ६÷६ महिनामा आफ्नो प्रतिवेदन केन्द्रिय कार्यसमितिमा प्रस्तुत गर्ने ।
–भातृ तथा सुभेच्छुक संस्थाका व्यक्तिहरुलाई संलग्न गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
–राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र विकास सम्बन्धि विविध विषयमा पार्टीले अख्तियार गर्नुपर्ने निित निर्माण कार्ययोजना तर्जुमा गर्ने ।
–तर्जुमा भएका नीति पार्टीबाट स्वीकृत गराई पार्टीगत तहमा कार्यान्वयन गर्ने, गराउने ।
–पार्टीको नीति तथा कार्यक्रमको निर्माण गर्दा अनुसन्धान तथा मूल्याङ्कन विभागले निकालेको निष्कर्ष र प्रतिवेदनलाई समेत प्रयोग गर्ने