अझै धेरै कठिनाइ पहाड बनेर आउनेछन् ः निकिता पौडेल

0
Shares

सर्वोच्चको आदेशसँगै चलचित्र विकास बोर्डको अध्यक्षमा पुनर्वहाल भएकी निकिता पौडेलले बक्स अफिस प्रणाली लागू भएकोमा खुसी व्यक्त गर्दै अझै धेरै कठिनाइ चुनौतीका पहाड बनेर आउने उल्लेख गरेकी छिन्। उनले बक्स अफिस प्रणाली लागू गराउन साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै सबैबाट सद्भाव, सहयोग र रचनात्मक सुझावको अपेक्षा गरेको समेत प्रस्ट पारेकी छिन्।

‘आज साउन १ गते, नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक दिन हो। आजबाट नेपालको इतिहासमा पहिलोपटक बक्स अफिस प्रणालीको औपचारिकरूपमा शुरुआत भएको छ। यस कामका लागि दिन–रात नभनी विगत ७ महिनादेखि अहोरात्र काम गर्ने सबैप्रति आभार व्यक्त गर्दछुु’, बोर्ड अध्यक्ष निकिता पौडेलले फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छिन्– ‘सर्वोच्च अदालतले पद बर्खास्तीसम्बन्धी सरकारको हालैको निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश जारी गरेसँगै, आफैं अध्यक्ष रहेर बक्स अफिस प्रणाली लागू गर्ने मेरो एउटा सपना पूरा भएको छ।

आजबाट बक्स अफिस प्रणालीको शुरुआत भइसकेको छ तर अझै धेरै कठिनाइ र कयौं प्राविधिक समस्याहरू हाम्रासामु चुनौतीका पहाड बनेर आउनेछन्। अब केही समयका लागि आलोचना होइन, सबैबाट सद्भाव, सहयोग र रचनात्मक सुझावको अपेक्षा गरेकी छु।’