विदेशी विद्यार्थी नेपाल भित्र्याउन शैक्षिक मेला

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको वृहत शैक्षिक मेलामा विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न आउने वातावरण सिर्जना गरिने भएको छ ।

शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले भोली विहीवारदेखि देखि आगामी आइतवारसम्म आयोजना गर्न लागेको मेलामा नेपाललाई शैक्षिक हब बनाउने विषयमा छलफल हुने भएको हो । हरेक वर्ष नेपाली नेपाली विद्यार्थी विदेशिने क्रम नरोकिएपछि इक्यानले विदेशी विद्यार्थीलाई नेपालमा आर्कर्षित गर्ने तयारी गरेको हो । नेपालमा एमबिबिएस पढ्ने विद्यार्थीको संख्या बढिरहेका बेला अन्य विषयमा पनि विदेशी विद्यार्थीलाई आर्कर्षित गर्न सकिने इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले बताउनुभयो ।

परराष्ट्र मन्त्रालयसँग छलफल गरी त्यस्तो वातावरण तयार गर्ने उहाँको भनाई छ । राजधानीको भृकुटीमण्डपमा शैक्षिक मेला आयोजना हुँदैछ । मेलामा न्युजिल्याण्ड, क्यानडा, जापान, श्रीलंका, अमेरिका, रुस, भारत, वेलायत लगायत मुलुकका विभिन्न विश्वविद्यालयको सहभागिता रहने पाण्डेले जनाकारी दिनुभयो । मेलामा २ सय २६ स्टल तथा १७ पेभिलियन हुनेछन ।

मेलामा दुई दर्जन भन्दा बढी कुटनितिक नियोगको समेत सहभागिता रहने बताइएको छ ।
४ दिने मेला १ लाख भन्दा वढि विद्यार्थी र अभिभावकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

वन अप प्रालिको व्यवस्थापनमा हुने मेलाको प्रिजेन्टर ब्रिटिस काउन्सिल रहेको छ भने टाईटल स्पोन्सरमा युरो एसिया एजुकेसन कन्सल्टेन्सि प्रालि रहेको छ । यसबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा टाइटल स्पोन्सर युरोएसिया एजुकेशन कन्सल्टेन्सी प्रालिका प्रमुख सुर्य डागीले भन्नुभयो– ‘अभिभावक र विद्यार्थीले सिक्नै पर्ने विषयको बारेमा जानकारी दिन मेला आयोजना गरिएको हो ।’