गढी गाउँपालिकाले बनायो ३२ करोडको योजना

0
Shares

सुनसरी । गढी गाउँपालिकाले आर्थिक वर्ष २०७५, ०७६ को लागि ३२ करोड ७ लाख २९ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाले  नीति तथा कार्यक्रममा सम्पत्ति कर कडाइ गर्ने योजना बनाएको छ ।

विकासलाई साझेदारीको अवधारणाअनुसार सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ । १० लाख रुपैयाँ भन्दा बढीको योजना टेण्डरबाट मात्रै गर्ने योजना बनेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिनुभयो ।

बजेटमा गाउँका छ वटै वडामा कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरण  संरक्षण लगायतका क्षेत्रलार्इ प्राथमिकता  दिने उल्लेख छ।