अवैध सुन तस्करी पक्राउ


काठमाडौँ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

परिसरको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा भन्सार छलेर सुन ल्याउँदै गरेका अवस्थामा धनुषाका ५० वर्षीय रामसुगारत यादव र काभ्रेपलाञ्चोकका ३२ वर्षीय पाल्देन लामालाई आइतबार पक्राउ गरेको थियो । परिसरका प्रवक्ता मोहनकुमार थापाले अभियुक्त यादवसँग रु चार लाख ८७ हजार ९४५ बराबरको ९९।५ ग्राम सुन र लामासँग रु चार लाख ८८ हजार बराबरको १०० ग्राम सुन बरामद गरिएको जानकारी दिनुभयो । अभियुक्त दुवै जनालाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रवक्ता थापाले बताउनुभयो ।
रासस