बालकको रहश्यम मृत्युपछि गाउँनै शोकमा


कृष्णउदास खनाल, वीरगन्ज ।
एकै परिवारका दुईजना बालकको हत्या भएपछि पर्साको बहुदरमाई नगरपालिकाका बासिन्दा शोकमा डुबेका छन् ।

उनीहरुले बालकहरुको हत्या भएको भन्दै छानबिनको माग गरेका छन् । जिल्लला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर उनीहरुले हत्याको छानबिन गर्न माग गरेका हुन् । बहुदरमाई नगरपालिका वडा नं २ बैरियाविर्ता टोलमा बस्ने सञ्जय साहको परिवारमा ८ महिनामा दुई बालकको हत्या भएको दावी स्थानीयहरुको छ । गत मंसिर १७ गते स्थानीय सञ्जय साहको ११ वर्षीय छोरा सुमित साहको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फालिएको अवस्थामा भेटिएको थियो । उनको हत्यारा प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन ।

सञ्जयकै कान्छो भाइ शिवजी साहको ६ वर्षीय छोरा आयुब साह असार ३१ गते पोखरीमा मृत भेटिएका थिए । आयुबको पनि हत्या भएको दावी स्थानीय बासिन्दाले गरेका छन् । प्रदेश सभासद राजेश्वर साह तेलीले प्रहरी प्रशसानको लापरबाहीले गर्दा घटना घटेको आरोप लगाए ।पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले घटनालाई गहिरो ढंगले अध्ययन अनुसन्धान गरेर सत्यतथ्य जनमानसमा ल्याउने प्रतिबद्धता जनाए । प्रहरीले छानविन गरेर अपराधी पक्राउ नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । आइतबार बिहान ८ बजेतिर खाना खाएर घरबाट निस्किएका आयुब दिउँसो गाउँको पूर्वपट्टी रहेको पोखरीमा मृत भेटिएका थिए ।

बाट तालिम प्राप्त कुकुर आएपछि आवश्यक अनुसन्धान गरेर पोखरीबाट शव निकाल्यौं । उनी आयुब नै भएको पुष्टी भएको छ । तर उनको शरीरको बाहिरी भागमा कुनै चोटपटक देखिएको छैन,’ उनले भने , ‘शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा राखेका छौं । थप कुरा पोष्टमार्टम रिपोर्टपछि नै खुल्छ ।’