भिमदत्त नगरपालीका द्धारा १६ स्थानमा सि सि टिभि जडान


हरकसिह धामी, कञ्चनपुर ।

कञ्चनपुरमा रहेको भिमदत्त नगरपालिकाले बजारको १६ स्थानमा सि सि टिभि क्यामरा जडान गरेको छ । महेन्द्रनगर बजारमा रहेको चम्मल चोक , मदन चोक , सबिधान चोक ,जि.प्र.का मेन गेट ,पुष्पलाल चोक , बरपिपल चोक , नगरपालीका गेट, अञ्चल अस्पता गेट, खुल्ला मञ्च , खैरेनि चोक , बागबानि चोक , दशरथ चोक, बाणिज्य चोक , गंगोत्रि गोल्ड चोक र हनुमान मन्दिर मा सि सि टिभि क्यामरा जडान गरीएको छ ।

भिमदत्त नगरपालीकाका नगर प्रमुख सुरेन्द्र विष्टले भिमदत्त नगरपालीकाले सहकार्य गर्ने निति लीए अनुरुप जिल्ला प्रहरी कार्यलय सगं पनि सहकार्य गरेर आन्तरीक सुरक्षालाई बलीयो बनाउनाका लागी नगरपालीकाको आर्थिक सहयोगमा सिसिटिभि जडान गरेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले कुनै किसिमको हुल दंगा भएको बेलामा अपराधिक कृयाकलाप गर्ने अपराधिलाई समात्न सहयोग गर्ने, अपराध अनुशन्धानमा सहयोग गर्ने , सडक दुर्घटना गरेर भागने लाई समात्न सहयोग पु¥याउने बताउनुभयो । नगरपालीकाको सुरक्षा ब्यवस्था भरपर्दो र मजबुत बनाउन सिसिटिभी क्यामरा जडान गरीएको छ ।