बन्दुक सहित २ जना पक्राउ


विष्णु तिमिस्सिना, बर्दिया ।
५ नं. प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ र ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं. २ सितापुर बस्ने वर्ष २६ को खुम वहादुर थापा र सोही ठाउँ बस्ने वर्ष २७ को खड्क बहादुर सुनारलाई सोही ठाउँबाट १२ बोरको बन्दुक थान–१ र सोही बन्दुकमा लाग्ने गोली २ राउण्ड सहित पक्राउ गरेको छ ।

पक्राउ परेका अभियुक्तहरुलाई कारवाहीका लागी पेश गरी थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय गुलरिया बर्दियाबाट दिन १० को म्याद थप भई अनुसन्धान भईरहेको र निजहरुलाई हात हतियार तथा खर खजाना ऐन २०१९ वमोजिम अवैध हतियार राखेको अभियोजमा कारवाही गरिने कुरा जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ ।

साथै जिल्ला बर्दिया बढैयाताल गाउपालिका वडा नं. १ बस्ने डम्बर बहादुर खड्काको घरबाट भरुवा बन्दुक थान –१ फेला पारी रितपूर्वक बरामद गरी निजको खोजतलास तथा अनुसन्धान कार्य भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय बर्दिया प्रवक्ता प्रहरु नायक उपरिक्षक युवराज खतिवडाले जानकारी गराउनु भयो