डा.केसीको स्वास्थ्य अवस्था अचानक जटिल


भगवती तिमल्सिना काठमाडौ ।
चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा.केसीको स्वास्थ्य अवस्था थप जटिल ! सेप्सिसको उच्च जोखिममा रहदै आउनु भएका डा.केसीको स्वास्थ्य अवस्था आइतबार रातिबाट अचानक थप जटिल बनेको छ ।

रातको २ बजे आसपास अचानक छातीमा असह्य पिडा र सास फेर्न गार्हो भएपछि डा.केसीले सहयोगका लागि आग्रह गर्नु भएको थियो । सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा, रगतमा अक्सिजनको मात्रा ६० , श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।


आइतबार राति बाटै डा.केसीको इसिजिमा एक्टोपिक बिट्सहरु देखिन थालेको छ । रगतमा इलेक्ट्रोलाइट्सहरुको घटबढ भएपश्चात मुटुको चालमा परिवर्तन भइ यस किसिमका एक्टोपिक बिट्सहरु देखिने उपचारमा संलग्न चिकित्सक बताउँछन् । यसरी मुटुको चाल परिवर्तन हुनु निकै नै खतराको संकेत हो, उपचारमा संलग्न चिकित्सक डा.धिरज गुरुङले बताउनु भयो ।

  
यस किसिमका चालहरु आइरहेमा बिरामीको मुटु जुनकुनै बेला पनि बन्द हुनसक्छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाका अनुसार अस्पतालले इमर्जेन्सी म्यानेजमेन्टका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखेको भएतापनि डा.केसीलाइ सेप्सिस भएमा वा धड्कन बन्द भएर आइसियुमा राख्नुपर्ने अवस्था आएमा यहाँ भन्दा सुविधासम्पन्न सेन्टरमा रिफर गर्नुपर्ने हुनसक्छ ।