जीप दुर्घटनामा एकको मृत्यु


सलिम अन्सारी,प्युठान ।
प्युठान जिल्लाको गौमुखी गाउँपालिका ७ नारिकोटमा आईतवार साझ जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बाग्दुलाबाट नारिकोट तर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप दुर्घटना हुँदा गौमुखी ५ कि ५५ वर्षीय कन्यादेवी थापा मगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक एव प्रहरी प्रवक्ता देवि प्रसाद पौडेलका अनुसार उनको नारिकोट स्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परी गौमुखी ५ बस्ने २२ बर्षिया संझना थापा मगर र २ बर्षिया पृयकाँ थापा मगर रहेको प्रहरीले बताएको हो । अन्य ५ जना सामान्य घाईते स्थानिय स्वास्थ्य चौकिमा उपचार पछि घर फर्किएका छन । जिपमा ८ जना यात्रु सवार थिए। रोकिराखेको जिप एक्कासी ब्याक भएपछि दुर्घटना भएको बताईएको छ ।