भिरबाट लडेर सैनिकको मृत्यु


बझाङ ।
भिरबाट लडेर आज एक सैनिकको मृत्यु भएको छ ।

मस्टा गाउँपालिका–६ घर भई हाल संग्राम सार्दुल गुल्ममा कार्यरत ३२ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको हो ।

लडेर घाइते भएका बोहरालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
रासस