समृद्धिका लागि साहित्यको पनि विकास हुनुपर्छः प्रधानमन्त्री ओली


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि साहित्य क्षेत्रको पनि विकास हुने पर्ने बताउनुभएको छ ।

चन्द्रागीरी हिमवत खण्ड कला साहित्य सम्मिलनको समापन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले भौतिक विकास सँगै साहित्य,संस्कृति,शिक्षा आदि कुराको विकास भएमा समृद्धि हासिल गर्न सजिलो हुने बताउनुभएको छ । “कुनै एक क्षेत्रको मात्र विकास भएर समृद्धि आउन सकदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “समाजलाई समुन्नत बनाउनका लागि हरेक क्षेत्रको विकास आवश्यक छ ।”

प्रधानमन्त्री ओलीले नेपाल कला,साहित्य र संस्कृतीमा नेपाल उहिले देखि नै अब्बल रहेको बताउनुभयो । यसको निरन्तरताका लागि अहिलेको पुस्ताले यसमा ख्याल गर्नुु पर्ने प्रधानमन्त्रीको तर्क छ ।
प्रधानमन्त्री ओलीले सरकार कला र साहित्यको विकाशका लागि सधैं सकारात्मक भएको बताउनुभएको छ । “वर्तमान सरकार कलाकार र साहित्यकारहरुको साथमा छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्रीद्व्वारा कविता रचना र बाचन
चन्द्रागिरीको भालेश्वर मन्दिर परिषरमा पुगेर प्रधानमन्त्री ओलीले भावपूर्ण कविता रचना गर्नुभएको छ । कार्यक्रम समापनको अवसरमा मन्तव्य दिने क्रममा प्रधानमन्त्री ओलीले यही कविताबाट आफ्नो भनाइ सुरु गर्नुभएको थियो । प्रधानमन्त्रीले लेखेको कविता यस प्रकार रहेको छ ।
परिवर्तनशील दुनियाँमा सधै बाँचेको को छ र !
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदै छ ।
मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाँउ
सगरमाथा, लुम्बीनी, मेची, महाकाली
हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली ।
सपानामा भएपनि देख्न पाँउ
चन्द्रागिरीको डाँडामा आएर सपानामा भावी सन्तति मुस्कुराएको देख्न पाँउ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाँउ
म मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाँउ ।