सात उपरथीको सरुवा


काठमाडौ ।
नेपाली सेनाले केही उपरथीको सरुवा गरेको छ । सैनिक मुख्यालयका अनुसार हालै उपरथीमा बढुवा हुनु भएका सुर्वणबहादुर शाहलाई मध्य पृतना पठाइएको छ भने मध्य पृतनाका प्रभुराम शर्मालाई युद्धकार्य महानिर्देशनालयमा सरुवा गरिएको छ ।

त्यस्तै युद्ध कार्य महानिर्देशनालयका सदर गिरीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सरुवा गरिएको छ भने सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रल्हाद थापालाई सैनिक तालिम तथा डक्टिन निर्देशनालयमा सरुवा गरिएको छ । सो निर्देशनालयका देबकुमार सुवेदीलाई इन्टिलिजेन्स निर्देशनालय र पश्तिम पृतनाका काजीबहाखुर खत्रीलाई राष्टिसुरक्षा परिषद र राष्ट्रिय सुरक्षा परिषदका देबेन्द्र मेधासीलाई पश्चिम पृतनामा सरुवा गरिएको छ ।