बिमा वापतको क्षतिपूर्ति रकम परिवारलाई बितरण


नेपाल समचारपत्र, भद्रपुर ।
निर्धन उत्थान विकास बैङ्क चन्द्रगढी शाखाले ग्रामीण कर्जा अन्र्तगत बिमा वापतको क्षतिपूर्ति रकम बिमितको परिवारलाई हस्तान्तरण गरेको छ ।
बैंङ्ले आइतबार आयोजना गरेको कार्यक्रममा भद्रपुर १० चैतुबारीकी स्वर्गीय कलामाया श्रेष्ठको परिवारलाई ५ लाख ५४ हजार २०८ रुपैया कर्जा बिमा वापत क्षतिपूर्ति स्वरूप प्रदान गरिएको हो ।
भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको रोहवरमा बैङ्कका क्षेत्रीय प्रमुख लक्ष्मीपति काफ्लेले स्वर्गीय श्रेष्ठका श्रीमान् दलबहादुर श्रेष्ठलाई बैङ्कको तीर्नबाँकी कर्जा २ लाख ५१ हजार २सय३७ रुपैयाँ कटाएर २ लाख ९७ हजार ९ सय ७१ रुपैयाँ नगद हस्तान्तरण गरेका थिए । उनिहरुले घरैमा एक कार्यक्रमको आयोजना गरी रकम दिएका थिए ।
कार्यक्रममा वडाध्यक्ष टेकबहादुर खड्का, राप्रपाका नगर सभापति बाबुराम पराजुली, बैङ्कका क्षेत्रीय कार्यालय प्रमुख लक्ष्मीपति काफ्लेले बिमा सम्बन्धी धारणा राख्दै मृतकका परिवारप्रति सान्त्वना व्यक्त गरेका थिए ।