स्तपान कक्षसहितको शिशुस्याहार केन्द्र

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाइ लक्षित गरेर नयाँनयाँ कामको शुरुवात गर्ने क्रम बढेको बेला जिल्ला प्रशासन कार्यालय मुस्ताङ्ग सेवाग्राहीको सुबिधाका लागि मुलुकमै नयाँ कामको थालनी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङ्गले बच्चा लिएर सेवा लिन आउने सेवाग्राहीका लागि शिशुस्याहार केन्द्र सञ्चालन गरेको छ भने स्तनपान कक्षको समेत ब्यबस्था गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता,पासपोर्ट लगायतका सेवा लिन आउने महिला सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दे शिशुस्याहार स्थल बनाइएको प्रमुख जिल्ला अधिकारी शिशिरकुमार पौडेलले बताए ।

‘बच्चा लिएर लाईनमा सेवाग्राही उभिन नपरोस र सेवा लिने अवधीभर शिसुको स्याहार गर्न सहज होस भनेर शिशुस्याहार स्थल बनाएका हौ’ उनले भने ‘यसबाट महिला र बालबालिकाहरुलाई प्रत्यक्ष सहयोग पुग्छ’ ।

शिशुस्याहार केन्द्रमा २ वटा वेदवाँसका कोक्रोको समेत व्यवस्था गरिएको छ । सेवाग्राहीले सेवा लिने क्रममा आफ्ना वालवालिकालाई कोक्रोमा राखेर सेवा लिन सक्ने भएका छन् । त्यस्तै,कार्यालय आउने महिलाको शहजताका लागि सेवाप्राप्त गर्ने अवधिभर आफ्नो काखको बच्चाबच्ची भोकाएर आमाको दुध खुवाउन परेमा अलग्गै स्तनपान कक्षको व्यवस्था गरिएको छ ।

त्यसका साथै कार्यालयले सेवाग्राही महिलाका लागि छुट्टै शौचालय समेत व्यवस्था गरेको प्रशासनले प्रजिअ पौडेलले जानकारी दिए । त्यस्तै,कार्यालय परिसरलाई अपांग मैत्री तुल्याएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा मिठो मुस्कान सहितको प्रशासनिक सेवा समेत शुरु भएको छ । प्रशासनलाई मुस्कान सहितको सेवामैत्री कार्यालय बनाउने लक्ष्यका साथ सेवाप्रवाहलाई सरल र सहज बनाइएको प्रजिअ पौडेलले बताए ।

सेवाप्रवाह सहज बनाउन प्रमुख जिल्ला अधिकारी लगायत अन्य कर्मचारीले भईतलाबाट नै काम गर्दै आएका छन भने कार्यालयलाई मुस्कान सहितको सेवा प्रवाह गर्न कार्यरत कर्मचारीलाई निर्देशन दिइएको छ । सेवाग्राहीको सुविधाका लागि दक्ष कर्मचारीलाई हेल्फ डेस्कमा व्यवस्थापन गरिएको र त्यसबाट सेवाग्राहीको निवेदन आदीको लेखापढीका कार्यहरु संञ्चालन भैरहेका छन ।