पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा


हरकसिह धामी, कञ्चनपुर ।
७ नम्बर प्रदेशको कञ्चनपुरलाई ‘पुर्ण खोप’ सुनिश्चिता जिल्ला घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमका बिच जिल्ला खोप समन्वय समितिले कञ्चनपुरलाई पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरेको हो । प्रदेश नम्बर ७ का समाजिक विकास मन्त्री दिर्घ सोडारी, प्रदेश सभा सदस्य महेश दत्त जोशी, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्ग लगायत सरोकारवाला सरकारी अधिकारीले जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका खोप अधिकृत भोजराज भट्टले जन्मेदेखि १५ महिनासम्म बच्चाले पाउने ११ प्रकारका खोप पाईसकेको बताए । खोप अधिकृत भट्टका अनुसार शिशु जन्मने वित्तिकै क्षयरोग बिरुद्धको (बिसीजी), भ्यागुते, धनुस्टङकार, लहरे, हेपाटाईटिस लगायतका सबै खोप दिईएको छ । ‘जन्मेदेखि १५ महिना र बाँकी छुटपुटलाई तेईस महिना भित्रै सबै खोप दिईसक्नुपर्छ, ‘उनले भने, ‘शिशुले सबै खोप पाएपछि उ निरोगी हुन्छ ।’ खोप अधिकृत भट्टले कञ्चनपुरमा १० हजार, ५ सय ८० बालबालिकालाई खोप दिईएको बताए । घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य महेश दत्त जोशीले अब कुनैपनि शिशुले खोप बाहिर रहनुपर्ने बाध्यता हटेको बताए । प्रदेश सभा सदस्य जोशीले प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न योजनाका विषयमा छलफल भईरहेको बताए । प्रमुख अथिति समेत रहेका दिर्घ सोडारीले प्रदेशको स्वास्थ्य सुधारका लागि सरकार गम्भिर रहेको बताए । उनका अनुसार आगामी आर्थिक बर्षमा यस क्षेत्रमा ठुला अस्पताल सेती, महाकाली र सुप क्षेत्रीय स्वास्थ्य निर्देशनालयको अवस्पताल सुधारका लागि प्रदेशको बजेट मार्फत सम्बोधन गरिएको छ । स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर कुनैपनि बालबालिका नहरने उनले प्रतिबद्धता जाहेर गरे ।