मछल्लीया नदीमा कृत्रिम बाढी नमूना अभ्यास


हरकसिह धामी, कञ्चनपुर ।
कञ्चनपुरमा प्राकृतिक विपद्का बेलामा कसरी बाँच्ने र बचाउने भन्ने घटनाको अभ्यास कृष्णपुर नगरपालिका ४ स्थित मछल्लीया नदीमा कृत्रिम बाढी नमूना अभ्यास गरिएको छ । प्राकृतिक विपद्का बेलामा प्राकृतिक विपद्बाट कसरी बाँच्ने र बचाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन कृष्णपुर नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुले आयोजना गरेको नमूना अभ्यासमा बाढी आउन अगावै समुदायलाई सचेत पार्नका लागि कार्यक्रम आयोजना गरेको हो ।

बाढी आउन अगावै दिईने सुचना, बाढीमा फसेका बासिन्दाको उद्धार गर्ने तरिका, बाढीमा परेर घाईते भएकाहरुको प्राथमिक उपचार गर्ने तरिका, बृद्ध, अशक्त, अपांगता भएका व्यक्ति, गर्भवती महिला, बालबालिका लाई उद्धार गर्ने बारे अभ्यास गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले बर्षा हुने क्रम सुरु भएकाले कञ्चनपुरका कृष्णपुर नगरपालीका, महाकाली नगरपालीका र अन्य धेरै जसो ठाउँमा बर्षाको समयमा बाढी आउने भएकाले यसबाट बच्नका लागी समाजमा जनचेतना फौलाउनु र सम्पुणलाई तयारी अवस्थामा बोस्नको लागी यस किसिमका नमुना अभ्यास गर्ने गरेको बताउनुभयो ।

बाढीका बेलामा बाढीमा परेकाहरुलाई उद्धार , राहात वितरण गर्ने गरेको र समुदायमा आर्थोपार्जन र जैविक तटबन्ध निर्माण, बगरमा उखु खेती र घाँस रोप्ने लगायतका कार्यहरु समेत गर्ने गरेको गरिएका रेडक्रसका सभापति उप्रेतीले बताउनुभयो । कार्यक्रममा पूर्व सुचना, खोज तथा उद्धार, प्राथमिक उपचार लगायतका कार्यहरु अभ्यासका क्रममा प्रस्तुत गरिएका थिए । कृष्णपुर नगरपालीकाका नगरप्रमुख कर्ण हमालले आप्नो नगरपालीकामा बाढी र दुबानको बिकाराल समस्या रहेको यसका लागी सहयोग र उद्धारका लागी तयारील अवस्थामा रहेको बताउनुभयो ।

नदिको जोखीम क्षेत्रमा रहेका बस्तिलाई स्थानानतरण गर्ने योजना बनाईरहेको बताउनु भयो । नमूना अभ्यास कार्यक्रममा रेडक्रसका पदाधिकारी, कृष्णपुर नगरपालीकाका नगर प्रमुख , उप प्रमुख, नेपाली सेना, नेपाल प्रहरी , वडा अध्यक्ष, , खोज तथा उद्धार कार्यदलका सदस्य, स्थानिय समुदाय, र निड्स कञ्चनपुरका पदाधीकारी लगायतकोे सहभागीता रहको थियो ।