सडकले सुकाए मुहान सुक्न थाले पानीका मुलहरु


सलिम अन्सारी, प्युठान ।
डाडाको टाकुरामा वस्ती छ । गाउमा भरपर्दो मुहान छैन । एउटा भित्तेखोलाको मुहान थियो । यहि मुलको पानीको भरमा स्थानीयले खेतिकिसानी समेत गर्थे। टोलटोलमा पानीका धारा थिए । पन्ध्र बिस बर्ष देखि गाउका ६० भन्दा बढी घरधुरीले यहि मुलको पानी उपभोग गर्दै आएका थिए। तर अहिले यो पानी पनि सुक्यो धारामा पानी आउंदैन धारामा पानी आउन छोड्यो स्थानिय रुम बहादुर भैयाले भने मुहानै सुक्न थालेपछी धारामा कसरी आओस पानी । पानीको मुल नै सुक्न थालेपछी जिल्लाको ऐरावती २ कुमालटाकुराका स्थानिय पानीका लागि दुख झेल्दैछन ।बस्तिभन्दा तलको खोलामा कुवा बांकी छ । एक घण्टा पैदल हिडेर पानी बोक्नुपर्छ ।

पानी अभावले गाउँमा चरम निराशा बढेको छ । मुल माथीबाट नेपाने पुग्ने नया सडक बिस्तार गरिएका छन । यहि सडक संरचनाले खानेपानीको संकट निम्ताएको भैयाले बताए । मल्लरानी २ चुजा स्थित पधेरोखोला र खन्नेखोला खानेपानी मुहान डोजरले पुरेपछि पानीको अभाव सुरु भएको छ । स्थानिय गाउपालिकाले खलगां चुजा जोड्ने मोटरबाटो खन्दा पानीको मुल नै पुरेको स्थानियले बताए ।

जिल्लाको मुख्य सडक छेउछाउका पानीका श्रोत समेत सुक्न थालेका छन । प्युठान भालुवाङ सडकखण्ड भएर आउजाउ गर्ने सयौं यात्रु र सवारीचालकहरुले यहि पानीले तिर्खा मेट्थे । बाह्रै महिना पानी हुने बाटि छेउका यी श्रोतहरुमा समेत पहिलेजस्तो पानी आउन छोडेको छ ।

मुहानमाथिको पहराबाट डोजर लगाएर बाटो खनिएपछी मुहानहरु मासिन थालेका हुन । अहिले बाटो छेउका सिमलचौर पाकुरिखोला अधेरिखोला लगायतका ठाउमा पानीको श्रोत सुक्खाजस्तै बनेका छन । पानीका श्रोत माथिबाट खनिएका बाटोबाट निस्केको माटो वर्षे भेलले पुरेपछी ती मुहानमा पानी कम हुन थालेको हो ।जिल्लामा जथाभावी खनिएका मोटरबाटोले पानीको मुल सुकेका हुन। सडक खन्न योजना लैजानेहरुले पानीको परम्परागत मुहान संरक्षणमा ध्यान नदिदा यस्तो भएको हो ।

खानेपानी कार्यालयले सडक खन्दा पुराना मुहान संरक्षणलाई ध्यान दिन आग्रह गर्दै आएको छ । बन जंगल मासिदै जानू र सडक संजालका नाउमा जथाभावी मोटरबाटो लैजादा मुहान जोगाइएन खानेपानी डिभिजनका सब ओभरसिएर भरत केसिले भने वातावरणिय प्रभाव मुल्याकन नगरी हचुवाका भरमा सडक खनिएकाले मुहान सुक्दै गएका हुन । पहाडमा भएका खोल्सा खोल्सी र कुवा पुरिए । अब खोलाको पानी बस्तीमा तान्ने बाहेक उपाए छैन । उता सरुमारानी गाउसरकारले गाउपालिकाका विभिन्न ५ ठाउमा रिचार्ज पोखरी निर्माण गर्ने भएको छ ।

खानेपानीको मुहान संरक्षण गर्न भन्दै गाउसरकारले आर्थिक बर्ष ०७५ ७६ का लागि ५ लाख रुपैया बिनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले जनाए । खानेपानी डिभिजन कार्यालयका अनुसार जिल्लामा ८२ प्रतिशत जनसंख्याले खानेपानीको सहज सुविधा उपभोग गर्दै आएका छन । जिल्लामा संचालित ७५ वटा क्रमागत योजना मध्ये २३ वटा लिफ्ट प्रविधिका छन । स्थानिय सरकार र गैह्रसरकारी संस्थाले संचालन गरेका लिफ्ट योजना दर्जनौ छन ।

मुलको संरक्षण नहुदा झिमरुक र माडी नदिमा समेत बर्से्नि पानीको सतह घट्दै गएको छ । यस्ले लिफ्ट खानेपानीमा समेत समस्या निम्ताएको श्रोत बताउछ ।हाल जिल्लाभर खानेपानीका ७० प्रतिशत जिविसको ४ स्थानिय तहको १ र गैह्रसरकारी संस्थाको ७ प्रतिशत योजना संचालनमा रहेको खानेपानी कार्यालयले बताएको हो । लिफ्ट गरेको पानी डांडामा ठूलो ट्याकीमा संकलन गर्ने र टोलटोलमा धारा जडान गरि बितरण गर्ने योजनाको काम भईरहेको खानेपानी डिभिजन कार्यालयले बताएको छ ।