![](https://newsofnepal.com/wp-content/uploads/2018/07/mallika-sherawat-wallpapers-27070-6566525.jpg)
बलिउडमा बोल्ड पर्पmमेन्सबाट चिनिने नायिका मल्लिका सेरावतले एक अचम्मको कुराको खुलासा गरेकी छिन्।
फिल्म मर्डरबाट बलिउड यात्रा शुरू गरेकी उनले आफूले पहिलो फिल्ममै बोल्ड सिन दिएका कारण यसको ठूलै मूल्य चुकाउनुपरेको बताएकी छिन्। एक भारतीय सञ्चार माध्यमसँग कास्टिङ काउचको बारेमा कुरा गर्दै केही अभिनेता तथा निर्देशकले आफूसँग नजिक हुन कर गरेको बताएकी छिन्।
हाल दुनियाभरका महिलाले आफूमाथि भएका यौन उत्पीडनको कुरा सार्वजनिक गरिरहेका बेला मल्लिकाले पनि आफ्ना विगतका कुरा सेयर गरेकी हुन्। उनका अनुसार उनका कोस्टारले उनलाई आफ्नो साथ अफ स्क्रिन इन्टिमेट हुन आग्रह गर्थे। तर यस्तो कुरा आफूले मान्न नसक्दा केही राम्रा फिल्मबाट हात धुनुपरेको उनले बताएकी छिन्। ‘मलाई केही प्रोजेक्टबाट निकालियो र मैले सोध्दा हिरोहरूले तिमी स्क्रिनमा मसँग इन्टिमेन्ट हुन सक्छौ भने प्राइभेटमा किन सक्दिनांै? भन्ने प्रश्न गर्थे।
एक समय यस्तो पनि थियो फिल्मका डाइरेक्टरले मलाई रातको ३ बजे भेट्न बोलाउँथे। म त्यो बेला यस्तो कुरा बाहिर ल्याउन डराउँथे। किनभने मलाई समाजको गलत जजमेन्टदेखि डर लाग्थ्यो’ –उनले भनेकी छिन्।