ममी सेरेना फाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)
सेप्टेम्बरमा आमा बनेकी सेरेना विलियम्सले लामो समयपछि ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा स्थान बनाइन्। बिहीबार भएको विम्बल्डनको सेमिफाइनल खेलमा सेरेनाले जर्मनीकी जुलिया जर्जेसलाई ६–२, ६–४ सेटले हराएकी छिन्। यो अमेरिकी खेलाडीको १०औं विम्बल्डन फाइनल हो भने २०१७ अस्टे«लियन ओपन जिते यता पहिलो फाइनलसमेत हो। उनको शनिबार हुने फाइनलमा जर्मनीकी एन्जेलिक केर्बरसँग सामना हुनेछ।