बालबालिकादेखि किशोर किशोरी तथा विवाहित महिलाबीच सौन्दर्य र प्रतिभा प्रदर्शनीमूलक प्रतियोगिता गर्दै आएको एएनपी मिडिया हाउसले विगतका वर्षभैंm यस वर्ष पनि विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल आइकन–२०१८ आयोजना गर्ने भएको छ।
आयोजक मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार प्रतियोगितामा मुख्य उपाधि जित्ने महिलालाई पुरस्कारस्वरूप स्कुटर प्रदान गरिनेछ। कार्कीले विवाहित महिलाको आत्म र व्यक्तित्व विकास तथा महिला सशक्तीकरणका लागि मिसेस नेपाल आइकन–२०१८ आयोजना गर्न लागिएको बताए।
आगामी श्रावण १२ गते शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने मिसेस नेपाल आइकन–२०१८ को अन्तिम स्पर्धामा विभिन्न पेसामा रहेका महिलाका साथमा गृहिणी मेनुका बोगटी, सिमा भुर्तेल, अनिता राना आले, राधिका थपलिया, अमरावती बलामी महर्जन, लक्ष्मी लुईंटेल, दया शर्मा, अनामिका रञ्जितकार, रूपाली पौडेल, बिना अधिकारी श्रेष्ठ, सानु तामाङ, प्रज्ञा ढुंगेल, अनिता चौधरी, सुष्मा पाठक, जानकी बस्नेत, उमा श्रेष्ठ, प्रिया कार्की, सरीता सिग्देल, चन्दा श्रेष्ठ, अम्बिका थापा, आशा थापा श्रेष्ठ, कमला चुदारा र सरु अर्यालले स्पर्धा गर्दैछन्।
कार्यक्रम संयोजक शम्भुप्रसाद रेग्मीका अनुसार अन्तिम स्पर्धाका सहभागीलाई विभिन्न क्षेत्रका विज्ञहरूद्वारा प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, स्टेज प्रस्तुतिलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको छ।
काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न हुनेछ।











प्रतिक्रिया