नेपाल समाचारपत्र, महोत्तरी । पानी छोएको निहुँमा कुटपिट गर्ने दुई जनालाई महोत्तरी जिल्ला अदालतले जेल सजाय सुनाएको छ ।
जिल्लाको बर्दिवास नगरपालिका ४ स्थित सार्वजनिक धारामा पानी थाप्न जाँदा ३६ वर्षीया बुद्धमाया बिश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषामाथि गत वैशाखमा कुटपिट भएको थियो ।
महोत्तरी जिल्ला अदालतले कुटपिटमा संलग्न दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।
न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले जातिय भेदभाव गरी गालीगलौज तथा कुटपिट भएको ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना र रामबावु दाहाललाई ३ महिना कैदको फैसला सुनाएको हो ।
साथै गिरीलाई १० हजार जरिवाना पनि तोकेको छ ।











प्रतिक्रिया