नेकपाको नियमावली पारित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

नेकपा केन्द्रीय सचिवालयको बैठकले पार्टीको नियमावली पारित गरेको छ। बुधबार बिहान बसेको बैठकले नियमावली पारित गरेसँगै पार्टी विधानको पनि अन्तिम टुङ्गो लागेको छ।
पार्टी विधानमा भएका कतिपय व्यवस्थालाई थप प्रष्ट पार्न नेकपाले नियमावली निर्माणको प्रयास थालेको थियो। यसका लागि महासचिव बिष्णु पौडेलको नेतृत्वका समिति बनाइएको थियो।

पौडेल नेतृत्वको समितिले निर्माण गरेको नियमावलीमाथि स्थायी समितिमा छलफल भएपछि सुझावहरुलाई समेटेर निर्माण गर्न बामदेब गौतमको नेतृत्वमा छुट्टै कार्यदल बनाइएको थियो ।

गौतम कार्यदलले मंगलबार बिहान नियमावलीको अन्तिम मस्यौदा बुझाएको थियो। हिजो दिनभरि नेताहरुले त्यसको अध्ययन गरेपछि बैठकले त्यसलाई पारित गरेको हो।

‘नियमावली पारित भएसँगै बिधानलाई प्रकासनका लागि पठाउने निर्णय गरिएको नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठलेजानकारी दिए ।

उनका अनुसार, प्रदेश र त्यो भन्दा मुनिका कमिटी र विभिन्न विभाग–आयोगहरुमा एकताका लागि कार्ययोजना निर्माण गर्न छिट्टै सचिवलायको बैठक बोलाउने निर्णयपनि भएको छ।