बसको ठक्करबाट दाङमा पैदल यात्रुको मृत्यु

0
Shares

दाङ । दाङमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

तुलसीपुरको नयाँ बसपार्कमा आज ना ५ ख ५७६८ नम्बरको बसको ठक्करबाट शान्तिनगर गाउँपालिका ३ बस्ती खोलाका ५५ बर्षिय लक्षिराम बिटालुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयाे  ।

ठक्कर दिने बस र चालकलार्इ अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।