प्रवासीको कष्ट भिडियोमा


सुन्दर भविष्यको सपनामा विदेशी भूमिमा चरम दुःख कष्ट भोग्नेहरूको संघर्ष प्रस्तुत गर्दै गायक मोडल प्रकाश तामाङ र जाइज तामाङको आधुनिक गीतको म्युजिक भिडियो मेरी प्रिया सार्वजनिक गरिएको छ।

राजधानीमा आयोजित कार्यक्रममाा संगीतकर्मी बीबी अनुरागीले सो भिडियो सार्वजनिक गर्दै सानो बजार भए पनि युवाहरूले नेपाली कला संस्कृतिको विकासमा निष्ठासाथ लाग्नुले नेपाली संगीत क्षेत्रको भविष्य उज्यालो रहेको चर्चा गरे। म्युजिक भिडियोका गायक तथा मोडल प्रकाश तामाङले २ वर्ष विदेशमा बस्दाको भोगाई म्युजिक भिडियोमा उतार्ने प्रयास गरेको बताए। गीतकार देव बटालाले गीत–संगीतमा निरन्तरता र लगनशीलता हुनु नै सफलता भएको धारणा राखे।

आयोजक सर्वसम्मान म्युजिक प्रालिका निर्देशक प्रकाश क्षत्रीले नेपाली संगीत तथा कलाकारिताको बजार धराशयी हुने अवस्था आएकाले राज्यले बेवास्ता गर्न नमिल्ने बताए। भिडियोमा नायिका तथा मोडल सगुन शाही ठकुरीले पनि मोडलिङ गरेकी छिन्।