ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा चुरे भावर क्षेत्र र तराईमा परेको वातावरणीय प्रभाव शीर्षकमा दुईदिने चेतनामूलक कला कार्यशाला सम्पन्न भएको छ। कलाकारले कार्यशालामा चुरे क्षेत्रमा हुने परिवर्तनले तराई र मधेसमा हुने वातावरणीय प्रभावलाई चित्रमा उतारेका थिए।
मिथिला हस्तकला सेन्टर र मिथिला यें आर्ट ग्यालरीले संयुक्तरूपमा आयोजना गरेको कार्यशालामा कलाकारहरू लालकाजी लामा, केशवराज खनाल मिथिलादेवी यादव, ज्योतिप्रकाश विक, डी राम पाल्पाली, अजित शाह, विके नरबहादुर सहभागी थिए। त्यसै गरी प्रमिला परियार, सरिता मण्डल, हरेराम यादव, पुनमकुमारी दास, श्यामसुन्दर यादव र लक्ष्मण मण्डलको सहभागिता रहेको थियो। सिर्जित कलाकृतिलाई चाँडै नै प्रदर्शनी गरिने आयोजकले जनाएका छन्।











प्रतिक्रिया