सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई पितृ शोक

0
Shares

काठमाडौ (नेस)। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका पिता डा. टिकाराम शर्मा खनालको सोमबार बिहान ७७ बर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि कलेजो, मधुमेह र उच्च रक्तचापबाट पीडित खनालको ग्राण्डी इन्टरनेसलन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

स्व शर्माका श्रीमती, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहित तीन छोरा र १ छोरी हुनहुन्छ । स्व. खनाल नेपाल सरकारको सहसचिवबाट सेवा निबृत्त हुनु भएको थियो । उहांले नेपाल सरकारका बिभिन्न पदमा रहेर काम गर्नु भएको थियो ।

उहांको सोमबार नै पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टी गरिएको थियो । स्व शर्मालाई श्रद्धान्जली दिन गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, नेपाल सरकारका सचिवहरु , नेपाल प्रहरीमा महानिरीक्षक, नेपाली सेनाका रथी पूर्व प्रहरी महानिरीक्षक तथा अन्य प्रतिष्ठित ब्यक्तिहरु ऋार्यघाट पुगेका थिए ।