फेडेरर क्वाटरफाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)
डिफेन्डिङ च्याम्पियन रोजर फेडेररले फ्रान्सका एड्रियन मानारिनोलाई हराएर विना सेट ड्रप गर्दै विम्बल्डनको क्वाटरफाइनलमा पुगेका छन् । ३६ वर्षीय स्वीस खेलाडीले सोमबार सेन्टर कोर्टमा २२ औं वरियताविरुद्ध ६–०, ७–५, ६–४ ले जितेका हुन् ।

योसमेत उनले एसडब्ल्यू १९ मा लगातार ३२ सेट जितिसकेका छन् । उनले अन्तिम आठमा बुधबार दक्षिण अफ्रिकी खेलाडी केभिन एन्डरसन वा फ्रान्सका गाइल मोन्फिल्ससँग खेल्नेछन् । फेडेरर नौ सिंगल्स उपाधि जितेर मार्टिना नाभ्रातिलोभासँग बराबरी गर्न अभियानमा छन् ।