एक हप्तामै विपद्‌बाट ४५ को मृत्यु, ९ जना बेपत्ता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
एक सातामा विपद्‌का घटनाबाट ४५ जनाको मृत्यु भएको छ । बिभिन्न घटनामा ९ बेपत्ता र २० जना घाइते रहेको गृह मन्त्रालयले जनाएको छ ।

वर्षा सुरु भएसंगै बाढी, पहिरो, चट्याङ लगायतका घटनाबाट मानवीय क्षति बढेको बताइएको छ ।

त्यसबाहेक वारपार गर्ने र नुहाउने क्रममा खोला, नदीमा बगेर र डुबेर मृत्यु हुनेको संख्या पनि बढी रहेको गृह मन्त्रालयले जनाएको छ ।