चीनको प्रायोजन विश्वकपमा



बेइजिंग, (एजेन्सी)
पछिल्ला चार वर्षमा संसार धेरै परिवर्तन भएको विश्वकप फुटबलको प्रायोजकलाई हेरेर अनुमान लगाउन सकिन्छ । रुसमा भइरहेको विश्वकपमा तीन प्रायोजक छन् ।

जसमध्ये चीन एक हो । जबकी २०१४ विश्वकपमा चीन कहि पनि थिएन । तर यसपटक चीनले ३५ प्रतिशत योगदान दिएको वल्र्ड इकोनोमिक फोरमले जनाएको छ । प्रतियोगितामा प्रायोजन गरिरहेका १२ ठूला कम्पनीमा चार कम्पनी चीनका हुन् ।

विश्वका ३ अर्ब भन्दा बढी दर्शकले विश्वकप फुटबल हेरिरहेका छन् । यसमा सबैभन्दा बढी चीनकै छन् । २००६ देखि जापानका कम्पनीहरु एसियन ब्रान्डले प्रतिनिधित्व विश्वकपमा गर्थे । तर अब कथा फरक भइसकेको छ । जबदेखि चीनले हात हाल्यो जापान पछि परेको छ ।

चीनले १ तिहाई भागिदारी गरिहेको छ भने यो अमेरिकाकै भागीदारी सरह हो । चीन प्रतियोगितामा सहभागिता हुन नसकेपनि व्यवसायको कारण विश्वकपसँग जुधिरहेको छ । चीनले एक पटक २००२ विश्वकपमा सहभागिता जनाएको थियो ।

सी फुटबलका फ्यान
चीनका राष्ट्रपति सी जिनपिङ फुटबलका फ्यान हुन् । चीनका लागि उनको तीन सपना छन् । एक विश्वकपमा भाग लिनु, दोस्रो प्रतियोगिताको आयोजक बन्ने र तेस्रो चीन जित्नु हो । चीनमा फुटबल स्कूलहरुमा विकास गरिरहेको छ । यसका लागि लगानी पनि गरिरहेको छ ।

साथै युरोपियन टोलीसँग प्रशिक्षण लिएर उनीहरुकै स्तरको खेल सीखाइरहेको छ । एक अर्ब ३७ करोड भन्दा बढी जनसंख्या भएको चीनले विश्वस्तरिय प्रतिभावान खेलाडी खोजिगरिहेको छ ।

युरोप कम भयो
जापान विश्वकपमा लगातार सहभागिता जनाइरहे पनि चीनको अगाडि प्रायोजनको मामिलामा पछाडि नै छ । यसपटक युरोपियनले भन्दा एसियाले विश्वकपमा प्रायोजन गरेको छ । १९८६ विश्वकपमा युरोप, उत्तर अमेरिका र एसियाका चार–चार कम्पनीले प्रायोजन गरेका थिए । यस्तै १९९० मा उत्तरी अमेरिकी कम्पनीको प्रायोजन बढ्यो ।

युरोपियन टिम जित्ने भएकोले युरोपको कम्पनीको हिस्सा पनि बढिरहयो । तर रुसमा युरोपको एउटै कम्पनीबाट मात्र प्रायोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्