विश्वकपको असर विम्बल्डनमा

0
Shares

लन्डन, (एजेन्सी)
प्रायजसो विम्बल्डन शहरमा रहेको सेन्टर कोर्ट दर्शकले भरिभराउ हुने गर्छन् । विम्बल्डन टेनिस विश्वकपसँगै चलिरहेको छ । तर विश्वकपको असर विम्बल्डनमा प्रत्यक्षरुपमा परेको छ । शनिबार राति भएको इंग्ल्यान्ड र स्वीडेनबीचको खेलले सेन्टर कोर्टका सीटहरु खालि रहेको बीबीसीले जनाएको छ ।

सेन्टर कोर्टमा सबैजसो हेर्न चाहन्छन् । शनिबार नै भएको एन्जेलिक केर्बरको नाओमी ओसाकाविरुद्धको खेलमा दर्शकको कमी थियो । जर्मनीकी केर्बर दुई पटकको ग्रान्डस्लाम च्याम्पियन र टेनिसकी एक सानदार खेलाडी हुन् । इंग्ल्यान्डको खेलले गदा उनको खेल हेर्नेहरुसमेत इंग्ल्यान्डकै खेल हेरेको बीबीसीले दावी गरेको छ ।

अल इंग्ल्यान्ड क्लबले सेन्टर कोर्टमा विश्वकपको क्वाटरफाइनल खेल पर्दामा देखाउन प्रतिबन्ध लगाएको छ । टेनिसमै ध्यानकेन्द्रीत गराउन अल इंग्ल्यान्ड क्लबले यस्तो निर्णय लिएको हो । सुरक्षा कर्मीले समेत सेन्टर कोर्टका दर्शकलाई स्वीडेनविरुद्धको खेल आफनो फोनमा समेत हेर्न वंचित गराएका थिए ।

यसैले धेरै जसो दर्शक स्टेडियममा नगई इंग्ल्यान्डको खेल हेर्न यता उता भौतारिएका थिए । सेन्टर कोर्टको टिकटदर १ सय २ पाउन्ड पर्छ । यति रकम तिरेर पनि इंग्ल्यान्डको खेल हेर्न नदिने भनेपछि सेन्टर कोर्टका धेरै सीट खाली देखियो । यहाँसम्म कि रोयल बक्स समेत खाली थियो ।

दर्शक कम उपस्थित खेलमा केर्बरले ओसाकालाई मात्र ६३ मिनेटमा ६–२, ६–४ ले पराजित गरेकी थिइन् । प्रतियोगितामा महिला शीर्ष १० मध्ये ९ जना खेलाडी बाहिरिसकेका छन् । एक मात्र खेलाडी सातौ वरियताकी कारोलीना पीलीस्कोभा बाँकी रहेकी छिन् ।

पराजित शीर्ष १० महिला खेलाडी
१. सिमोना हालेप (तेस्रो चरण)
२. क्यारोलिन वजनीयाकी (दोस्रो चरण)
३. गार्बिन मुगुरुजा (दोस्रो चरण)
४. स्लोन स्टेफेन्स (पहिलो चरण)
५. इलीना स्वीटोलीना (पहिलो चरण)
६. क्यारोलिन गार्सिया (पहिलो चरण)
७. कारोलीना पीलीस्कोभा (खेल्दैछिन्)
८. पेट्रा कीटोभा (पहिलो चरण)
९. भेनस विलियम्स (तेस्रो चरण)
१०. मेडिसन कीज (तेस्रो चरण)