नेपाल समाचारपत्र, काठमाडौ । संघीय संसदको महत्वपूर्ण मानिने संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी नेकपाका सांसद योगेश भट्टराईलाई दिइने भएको छ ।
नेकपा संसदीय दलमा संसदीय सुनुवाई समितिको नेतृत्व योगेशलाई दिने बारेमा ब्यापक छलफल भएको बताइएको छ ।
संवैधानिक अंगका पदाधिकारी र राजदूतहरुको नियुक्तिका सन्दर्भमा संसदीय सुनुवाई समितिको भूमिका निर्णायक हुन्छ । तर, हालसम्म संसदीय सुनुवाई कर्मकाण्डी मात्रै हुने गरेको भन्दै यो समितिको औचित्यमाथि प्रश्न उठाइँदै आएको छ ।
संसद सचिवालयका एक अधिकारका अनुसार समितिमा नेकपाबाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापामगर, पार्वत गुरुङ, निरु पाल र शिवकुमार मण्डल सिफारिस भएका छन् ।
नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुसाल सिफारिस भएका छन् ।











प्रतिक्रिया