नेपाल समाचारपत्र, मिचौंया
उद्योग मन्त्री मातृका यादवले आफन्तको घरमा डिजे बन्द गराएको भन्दै मिचौंया इलाका प्रहरी कार्यालयमा डिएस्पीको सरुवा गदिएका छन् ।
सिराहामा तामझाम तडक भडकका साथमा सिरहाको मिर्चैयामा केही समय अगाडि एउटा घरपुजा भएको थियो ।
रातारात करोड पति बनेका नेकपा नेता तथा आपूर्तिमन्त्री मातृका यादवका खास आफन्त मान्छेको घरमा घर पुजा तामझाम तडक भडक भएको पुजामा प्रहरीले ठूलो स्वरमा गाना नबजाउन आग्रह गरको भनेको भन्दै मिचौंया इलाका प्रहरी कार्यालयका डिएस्पी दिपक खड्कालाई सरुवा गदिएका छन् ।
छिमेकीले गाउघरको वातावरण नै आतंकित हुने गरी बजाइएका अशिलल भोजपुरी गीत, डिजे बाजागाजा, आतासबाजी, पड्काएका पटका मान्छेको कोलाहलले सम्पूर्ण मिर्चैयाबासी नै आतंकितको भन्दै प्रहरीको उजुरी दिएकाले प्रहरीले बाजा उठाएर ल्याएको कारणले डिएस्पी खड्ककाले गएको महिना दिन नबित्दै सरुवा हुनु परो एक स्थानियले बताए । हामी स्थानिय बासीन्दाले अति नै भएपछि प्रहरी गुहार्न पुगौं ।
सिरहा मिर्चैयामा भर्खरै डिएस्पी बनेर आएका दिपक खड्काले तुरुन्तै प्रहरी टोली खटाएर डिजे बाजागाजा, अशिलल भोजपुरी गीत, पटका फोर्ने कार्य कम गर्न र शभ्य रुपमा घरपुजा सम्पन्न गर्न आग्रह गरे । हुनेखाने त्यो माथि अहिलेका आपूर्तिमन्त्री मातृका यादवका आफन्त खास मान्छे प्रहरीलाई किन टेरपुच्छर लगाउथे र झन रवाफ देखाउदै अझ ठूलो कोलाहल मच्याए उनले भने ।
प्रहरीको पटक–पटकको आग्रहलाई अटेर गरेपछि प्रहरीले बाध्य भएर डिजे बाजागाजा उठाएर प्रहरी कार्यालय लग्यो तर मन्त्रीमा आफन्तले गल्ती स्विकार गनुको सटा उल्टै तेरो सरुवा गर्दी ने भन्दै धम्की दिएको उनले बताए ।
त्यसैलाई निहुँ बनाएर सिरहाको मिर्चैयामा आपूर्तिमन्त्री मातृका यादवला्ई बोलाएर प्रहरी कार्यालयमा नै लिएर गए र बाजागाजा फिर्ता लिए । अनि मन्त्री यादवले डिएस्पी खड्ककालाई जथाभावी गाली गदै सबै आफन्तको अगाडि तेरो एक हप्तामा सरुवा गर्देने भन्दै प्रहरी कार्यालयबाट हिडे एक प्रहरी जवानले बताए ।
मन्त्री यादवले के के गरे ?
आपूर्तिमन्त्री मातृका यादवले आफ्नो मान्छेलाई अशिलल भोजपुरी गीत बजाउन, पटका पड्काउन, हल्ला गर्न नदिने तपाँई को हो भन्दै डिएस्पी दिपक खड्कालाई तथानाम गाली गरे । मेरो नाम लिएपछि तपाई जस्तो नाथे डिएस्पीले छोड्नु पदैन । म यस ठाउँको राजा हुँ भन्दै डिएस्पी खड्कालाई भने । तर डिएस्पी साप्ले पावर र शाक्तिको वाथा नगरी जनताको गुनासो र जनता मुखी हुदाँ उहालाई सरुवा ग¥यो तर यस ठाउँमा उहा आईकन धेरै सुधार भएको थियो एक प्रहरी जवानले बताए ।
कहाँ बाट सुरु भयो घटना ?
मन्त्रीका आफन्तको घटना सेलाउन नपाउदै अर्को एउटा घटना घट्यो । स्थानीय गाउले बिच झै–झगडा भएर हात हालाहाल भएछ । उक्त घटनामा एउटा पक्ष नेपाल कम्युनिष्ट पार्टी पक्षधर रहेछ । नेकपा पक्षधरले सामान्य झै–झगडा घटनालाई अर्को पक्ष बिरुद्ध घटनालाई तोडमोड बढाइ–चडाइ गरी यो घटनालाई डकैती र ज्यान मार्ने उद्योगको मुद्दा बनाएर दर्ता गर्न प्रहरीलाई दबाब दिए ।
प्रहरीले दुबै पक्षलाई राखेर स्थानीयबासीसंग यो घटनाको सत्यतथ्य बुझ्दा सामान्य झै–झगडा हात हालाहाल भएको तर डकैती र ज्यान नै मार्ने तवरले प्रेरित घटना नभएको जानकारी पायो । प्रहरीको अनुसन्धान र छानबिनको नतिजाले पनि सामान्य झै–झगडा र हात हालाहाल भएको तर डकैती र ज्यान मार्ने कुनै अभिप्राय नरहेको देखायो ।
झुठा मुद्धा दर्ता नहुदाँ सरुवा खेपे खड्काले
झुठा मुद्दा दर्ता नगर्ने र निर्दोषलाई बिना कसुर कारबाही गर्न नमिल्ने, जे भएको त्यही अनुसार कानून सम्मत मुद्दा मात्रै दर्ता गराउन मिल्ने भनेपछि नेकपा पक्षधरहरु डिएस्पी दिपक खड्काको सरुवा गराएका छन् । इमानदार स्वच्छ छबि भएका राष्ट्रसेवक प्रहरीका डिएसपी दिपक खड्काले कसैलाई टेरपुच्छर नलगाएपछि उनको बिरुद्ध रातारात सुनियोजित पूर्ण तवरमा षड्यन्त्र रचि उनलाई झुटा आरोप लगाए प्रधानमन्त्री, गुहमन्त्री र आईजीलाई दवाव दिएर उनले सरुवा गराईयो ।
के भन्छन स्थानिय ?
दिपक खड्कालाई सरुवा गर्न सरुवापत्र आए छ । हामी त तिन छक्क परौं । तर एउटा इमानदार स्वच्छ छबि भएका राष्ट्रसेवक प्रहरीका डिएस्पी दिपक खड्कालाई नेता भनौंदाहरुका नाजायज क्रियाकलापमा साथ नदिए कै कारण नेताहरुका गुलामी नगरे कै कारण डिएस्पी दिपक खड्काको चरित्र हत्या गरेर सरुवा गरिन्छ यसमा हामी स्थानिय बासिन्दा दुखी भएका छौं एक स्थानियले बताए ।
कुनै पनी घट्नाको यथार्थ नबुुझि प्रहरी प्रशासन माथिको नाजायज राजनैतिक हस्तक्षेप हुन्छ भने प्रहरीको मनबोल घटने र अपराध बढ्दै जाने देखिने स्थानियको भनाई रहेको छ । यस्ता घटनालाई प्रहरी प्रधान कार्यालयले सबन्धित इलाका प्रहरी कार्यालयको अनुशन्धान नै नगरी सरुवा गनु कतिको जाहेज हो । प्रहरीको काम शान्ति सुरक्षा दिनु हो की नेता र नेताले भनेको काम गनु हो यसलाई ध्यानमा राखी अनुशन्धा गर्ने आवश्यक देखिन्छ ।











प्रतिक्रिया