यस्ताे छ आजकाे सुनचाँदी मुल्य

0
Shares

काठमाडाैं ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गएको शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि थपघट भएको छैन ।

चाँदी पनि आज प्रतितोला सात सय ६० रुपैयाँमा नै कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।