नेपाली मन सार्वजनिक


गीतकार कृष्णबहादुर थापा क्षेत्री, संगीतकार शक्ति बल्लभ र गायक सुमित खड्काको गीती एल्बम नेपाली मनको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच गायक प्रेमध्वज प्रधान, कवि तथा गीतकार रत्नशमशेर थापा, दिनेश अधिकारी, गीतकार किरण खरेल, गजलकार डा. भोजराज पोखरेल, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार गंगा सुवेदी, सभासद खेम नेपालीलगायतले संयुक्तरूपमा सार्वजनिक गरेका छन्।

कार्यक्रममा गीतकार क्षेत्रीले एल्बमका गीतले सबै नेपालीको प्रतिनिधित्व गर्ने दाबी गरे भने गायक खड्काले एल्बममा संगृहित सबैभन्दा प्यारो, नेपाली मन, गाउँछिन् गीत, जन्मे हुर्केंजस्ता सुनाए।

स्पार्क इन्टरटेनमेन्टको प्रस्तुतिमा बजारमा आएको एल्बमभित्र ५ गीत समावेश छन्।