झण्डै दुई किलो सुन सहित दुई भारतीय पक्राउ

0
Shares

काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । ।
उनीहरुबाट बरामद भएको सुनको शुक्रबारको बजार मूल्य ९२ लाख ३६ हजार ८८४ रुपैयाँ रहेको छ ।

विमानस्थल प्रहरी प्रमुख डीआईजी कमल जीटीका अनुसार उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएका हुन् । केरलाका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र अर्सल चालायिलले ८÷८ वटा सुनका टुक्रा मलद्वारबाट भित्र हालेका थिए ।शंकास्पद व्यवहार देखेपछि सोधपुछ गर्ने क्रममा उनीहरुले सुन लुकाएर ल्याएको स्वीकार गरेका थिए ।

चिकित्सकको सहयोगमा सुन निकालिएको छ । पछिल्लो चार वर्षमा ३८ क्वीन्टल सुन तस्करीको आरोपमा चुडामणि उप्रेती गोरे समूहमाथि मुद्दा चलिरहेका बेला बिहीबार एक किलो ८६० ग्राम सुन बरामद भएको हो ।