४ नम्बर प्रदेशको नाम गण्डकी, कर्णालीबाहेक अरु प्रदेश नम्बरमै चल्दै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
४ नम्बर प्रदेशको नाम गण्डकी नामाकरण गरिएको छ ।
शुक्रबार बसेको प्रदेशसभाको बैठकले गण्डकी नामाकरण गरेको हो । बैठकमा उपस्थित ५६ सांसदमध्ये नयाँ शक्ति पार्टीका २ जना सांसद्ले विपक्षमा मतदान गरेका थिए । सभामुख नेत्रनाथ अधिकारीले मतदान गर्नुभएन ,राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित हुनुभयो । यो प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी ११ वटा जिल्ला रहेका छन् ।

प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ । ७ मध्ये सबैभन्दा पहिले ६ नम्बर प्रदेशले कर्णाली प्रदेश नामाकरण गरिसकेको छ । १ नम्बर प्रदेशको नाम सगरमाथा वा कोशीमध्ये १ नामाकरण हुने सम्भावना रहेको १ मन्त्रीले जनाउनुभएको छ । अरु प्रदेश नम्बरकै आधारमा चलिरहेका छन् ।