लागू औषधसहित रंगेहात एक युवक पक्राउ

0
Shares

नेपाल समाचारपत्र, वीरगञ्ज ।
पर्साबाट प्रहरीले लागूऔषधसहित झापा साविक सुरुङगा गाविस ८ हाल शर्णमती गाउँपालिका ७ बस्ने २३ वर्षीय धर्मनन्द उप्रेतीलाई पक्राउ गरेको छ ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित ईनर्वागाउँ चोक सडकमा सवारीसाधन तथा पैदल यात्री चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारत रक्सौल तर्फबाट बीरगंज तर्फ पैदल आउँर्दै गरेको उनको साथबाट प्रहरीले लागूऔषध इन्जेक्सन डाइजेपाम २० पिस, नुफिर्न २० पिस, फेनारगन २० पिस गरी ६० पिस फेला परेको थियो । उनीविरुद्ध लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको ६२ पिस लेडिज सुट, ५७ पिस कुर्ता सुरुवाल, ५ थान साडी, ४ थान थानको कपडा समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिकाबाट नियन्त्रणमा लिइएका सामाग्रीहरु आवश्यक कार्वाहीको लागि वीरगञ्ज भंसार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।