सार्वजनिक स्थानमा प्रदर्शन गर्न नदिने निर्णय कार्यान्वयन नगर्नु

0
Shares

प्रशान्त वली, काठमाडौं ।
सर्वोच्च अदालतले सरकारले माइतीघर मण्डला लगायतका क्षेत्रमा प्रदर्शन र हड्तालका कार्यक्रम गर्न लगाएको रोकलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गर्दै असार २९ गतेसम्मका लागि निर्णयलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेश जारी गर्ने कि नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले असार २९ गते दुवै पक्षलाई बोलाएको छ । सरकारले साउन १ गतेदेखि लागू हुने गरी प्रदर्शनका लागि विभिन्न स्थानहरु तोकेको थियो। त्यसबाहेकका क्षेत्रलाई निषेध गरिएको थियो । माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा विहीबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गराउनुभएको थियो । वरिष्ठ अभिवक्ता त्रीपाठीले सरकारलाइ विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।