डा.केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्धारा सोमबारसम्म संसद अवरुद्ध

0
Shares

नेपाल समाचापत्र, काठमाडौं ।
नेपाली कांग्रेसले डा.गोबिन्द केसीको जीवनरक्षाको विषयलाई संसद्को कार्यसूचीमा नराखेको भन्दै संसद अवरुद्ध गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले सम्वन्धित विषयमा मन्त्रीले जवाफ दिने भनेर कांग्रेस सांसदलाई आश्वस्त पारेपनि कांग्रेसले नमानेपछि संसद अवरुद्ध भएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले डा.केसीको जीवन खतरामा परेको भन्दै सदनको ध्यानाकर्षण गर्नुभएको थियो ।

सभामुख महरा र सांसद् खाणको पटकपटकको जुहारी चलेको थियो । सभामुखले आजको आजै जवाफ दिन मन्त्रीलाई पनि समस्या पर्ने भन्दै कांग्रेस सांसद्लाई बस्न आग्रह गरेपनि कांग्रेसले मानेन । १० मिनेटको जुहारीपछि बैठक १ बजेर ३३ मिनेटमा आधा घण्टाको लागि स्थगित गरिएको थियो तर काङग्रेसले फरि पनि पुरानै माग राख्दै आजको बैठक स्थगित गरि सोमबार दिउसो १ वजे बस्ने भएको छ ।