जबर्जस्ती पछि ५ जनाले गरे एक युवतीको हत्या

0
Shares

नेपाल समाचारपत्र, कैलाली ।
जबर्जस्ती करणीपछि हत्या अभियोगमा प्रहरीले कैलालीमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटी रहेका छन् ।

उनीहरुमध्ये गणेश बडुवाल र मनोज बोगटी मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ । मृतक विक असार ५ गतेदेखि गौरीगंगा नगरपालिकाकी सामाजिक परिचालक थिइन् । हत्या आरोपित बडुवाल र सुरज चौधरीसमेत सोही पदमा कार्यरत थिए ।
गएको असार १२ गतेदेखि हराएकी कैलाली गौरीगंगा नगरपालिका ११ कि २१ वर्षकी माया विकको
आफन्तले उनि हराएको भन्दै असार १४ गते प्रहरीलाई निबेदन दिएका थिए । उनको शव चपरथली सामुदायिक वनभित्र जबर्जस्ती करणीपछि हत्या भएको अवस्थामा हात पछाडि लगेर सुरुवालले बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा असार १५ गते मृत अवस्थामा भेटिएको कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार असार १२ गते काम सकेर फर्कने क्रममा जंगलको बीचमा पुगेपछि बडुवाल र चौधरीले मायालाई जबर्जस्ती गर्दै जंगल भित्र लगेका थिए ।
त्यहाँ पहिले नै पुगेका बोगटीद्वय र खातीले पालैपालो बलात्कार गरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ ।