बेहोसीमै ‘भुत आयो’ भनेर कराए विद्यार्थी, समस्या बढेपछि विद्यालयनै बन्द गरियो

564
Shares

सलिम अन्सारी प्युठान ।

अमृत जिवन माध्यमिक बिद्यालय नारिकोटका विद्यार्थी दैनिक बेहोस हुने गरेका छन् । जिल्लाको गौमुखी ७ स्थित विद्यालय कक्षाकोठामा विद्यार्थी अचेत हुँदा पठनपाठन प्रभावित भएको छ ।

शिक्षकले पढाइरहेका बेला कक्षाकोठामा विद्यार्थी एक्कासि बेहोस भएर ढलेका थिए । विद्यालयमा पठनपाठन भइरहेको बेला दैनिक विद्यार्थी बेहोस हुने शिक्षक सन्तोष पोख्रेलले बताए । भुत आयो आयो,नाई जाँदिन भनेर कराउँदै छात्र छात्रा अचेत हुने उनले जनाए । ७ कक्षाभन्दा मुनि अध्ययनरत ७ देखि १५ वर्ष उमेर समुहका बालबालिका दैनिक एक दुई घण्टासम्म बेहोस हुने गरेको उनले बताए ।

यस अघि पनि कक्षा ३ कि ९ बर्षिया छात्रा बिमला बिक अचेत भएकी थिइन। त्यस्तै पछिल्लो दुई साता यता दिनहु चार पांच जनाको संख्यामा विद्यार्थी बेहोस भएको पोख्रेल बताउँछन् । बेहोस हुनेमा अधिकांश छात्रा रहेको उनले जनाए । गत बर्ष समेत यस्तै समस्या देखिएको बिद्यालय श्रोतले बताएको हो ।

कक्षामा पढदापढदै छात्रछात्राले एक्कासि भुत आयो आयो भनेर चिच्याउने र अचेत हुने गरेको शिक्षक पोख्रेलले नेपाल समाचारपत्रलाई बताए । घरबाट बिध्यालय आउँदा बिद्यार्थि ठिकै हुन्छन उनले भने दोस्रो तेस्रो घण्टि उनिहरु पढ्नै सक्दैन्न। कक्षा कोठामा कोही अचेत र कोही अर्धचेत हुने गरेको उनले सुनाए ।

बेहोस हुंदा शरीर कांप्ने,पेट दुख्ने,रिगंटा लाग्ने र बेहोस भएपछि चिच्चाउने कराउने मान्छे नचिन्ने लक्षण देखा परेको उनको भनाइ छ । बेहोसलाई एकान्तमा राखेको १ देखि २ घण्टापछि सामान्य अवस्थामा आउने बताउंदै उनले भने सबै जसोमा एउटै लक्षण देखिएको छ ।

एउटै बेन्चमा बसेका र मन मिल्ने साथी बेहोस हुनेबित्तिकै अर्को पनि त्यस्तै हुने गरेको छ। एउटै केटी धेरैपटक बेहोस हुने गरेका छन् । अघिल्लो दिन बिरामी परेका भोलिपल्ट सामान्य अवस्थामा विद्यालय आउने र कक्षा प्रवेश गर्ने्बित्तिकै ढल्ने गरेको पाईएको छ । घरमा केही नहुने तर विद्यालय पुग्नासाथ बेहोस हुने गरेको स्थानिय दान बहादुर सुनार शमसेरले बताए । यो अनौठो भयो उनले भने विद्यालयमा बालबालिका एक्कासि बेहोस पर्ने गरेका छन । गत असार ५ गतेबाट विद्यार्थी बिहोस हुने समस्या दोहोरिएको हो। आज९बिहिबार० मात्र ४८ जना विद्यार्थी वेहोस भएका छन्।

जसमध्य ३७ छात्रा र ११ जना छात्र रहेका छन्। बिद्यार्थीलाई सम्हाल्नै मुस्किल हुन थालेपछि अभिभावकलाई दैनिकजसो बिद्यालयमा बोलाउने गरिएको छ । समस्या बल्झिदै जान थालेपछी अभिभावकले दिनहुँ अढाई घण्टा सम्म छोराछोरिलाई स्कुलमै पुगेर सम्झाउने गरेका छन ।

दैनिक विद्यार्थी बेहोस हुने समस्या बढदै गएपछि बिहिवार प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर घिमिरे, प्रहरी नायब उपरिक्षक राजेन्द्र पोख्रेल सहित जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी बोलाएर परीक्षणसमेत गराएको बिध्यालयले बताएको हो ।के कारणले विद्यार्थीहरु एकाएक वेहोस भईरहेका छन् भन्नेवारे पुस्टी नभईसकेपनि मास हिस्टेरीयाका कारण त्यस्तो समस्या देखा परेको हुनसक्ने आसंका गरिएको छ।

प्रारम्भिक रुपमा हेर्दा मास हिस्टेरीया जस्तो देखिने यो रोग मानसिक हुने र एकवाट अर्कोमा सर्दै जाने जिल्ला स्वास्थ्य कार्यालय प्यूठानमा कार्यरत डा। समिर लामाले वताउनु भयो। बिहिवार बिद्यालयमा पुगेकी डाक्टर सोफिया थापाले विद्यार्थी दैनिक बेहोस हुने कारण मनोबैज्ञानिक असर हुन सक्ने बताईन ।

उनले भनिन मास हिस्टरियाले गर्दा बिद्यार्थीमा यस्तो समस्या देखिएको हो। वेहोस भएका सवै छात्राहरुलाई उपचार पश्चात अभिभावकको जिम्मा लगाइएको जनाईको छ। प्रमुख जिल्ला अधिकारी डाक्टर कृष्ण बहादुर घिमिरेले स्वास्थ्यकर्मीको टोलिले बिद्यार्थीमा मनोबैज्ञानिक समस्या रहेकोले परामर्सको जरुरी औलाएको बताए ।

विद्यार्थी संगै अभिभावकमा समेत मनोबैज्ञानिक समस्या रहेको पाईयो घिमिरेले भने बिद्यार्थीलाई बिशेषज्ञ सेवा दिनुपर्ने देखिएको छ । मनोपरामर्सदाता सहितको थप बिज्ञको टोलि झिकाउन गृहमा अनुरोधपत्र पठाईसकिएको उनले जानकारी दिए।

एक्कासी विद्यार्थी वेहोस हुने समस्या देखिए पछि एक साताका लागि बिद्यालय वन्द हुने भएको छ। अनौठो समस्या देखिएपछी शुक्रवारवाट विद्यालय वन्द गर्ने निर्णय भएको विद्यालय स्रोतले जनाएको हो।