काठमाडौं, (नेस)
सशस्त्र प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) ले बुधबार पदबाट राजीनामा दिएका छन्। राजीनामा दिनेमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ हुनुहुन्छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवाको सरकारले निर्वाचन आचार संहिता लागू भएपछि गरेका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेपछि उनीहरूले राजीनामा दिएका हुन्।
सरकारले सशस्त्र प्रहरी बलमा दुई जनामात्रै एआईजीको दरबन्दी कायम गरेपछि आफूहरूले दरबन्दी नै नभएको ठाउँमा बसिरहन उचित नदेखेर संगठन प्रमुखमार्फत सरकारसमक्ष राजीनामा दिएको एआईजी राजेश श्रेष्ठले बताउनुभयो।











प्रतिक्रिया