काठमाडौं । सशस्त्र प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी)ले बिहीबार राजीनामा दिएका छन् । पाँचै जना एआईजीले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालमार्फत गृह मन्त्रालयमा राजिनामा बुझएका हुन । राजिनामा दिने एआईजीहरुमा सुवोध अधिकारी, जानकीराज भट्टराई, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ रेहका छन् । एआइजीहरुको राजीनामा महानिरीक्षक खनालले गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन् ।
राजिनामा दिएका राजेश श्रेष्ठले सरकारले सशस्त्र प्रहरी बलमा २ जना एआईजी दरबन्दी मात्रै कायम गरेपछि आफूहरु दरबन्दी नै नभएको ठाउँमा बसिरहन उचित नदेखेपछि संगठन प्रमुखमार्फत सरकार समक्ष राजिनामा दिएको समाचारपत्रलाई बताए ।
सरकारले हिजो २०७४ भदौ १४ गते यता नेपाल सरकारका बिभिन्न मन्त्रालयष्का अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदि संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीतिक नियुक्ति एवम् मनोनयन खारेज गर्ने निर्णय गरेको थियो ।











प्रतिक्रिया