प्रशान्त वली, काठमाडौँ ।
सरकारले काठमाडौँ उपत्यकका केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै यसका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको हो । रिटमा माइतिघर लगायतका स्थानहरुमा निषेधित क्षेत्र घोषणा गरिनुको कारण माग गरिएको छ । राज्यले अनियन्त्रित तथा स्वेच्छाचारी ढंगले नागरिक अधिकार एव स्वतन्त्रतामा हस्तक्षेप गर्ने अनुमति पाउने हो भने संवैधानिक लोकतन्त्रको आधारभूत मूल्य एवं मान्यता नै पराजित हुन पुग्ने निवेदकको जिकिर छ।
केहि दिन अघि सरकारले सवारी आवागवनमा असझ पैदा हुने भन्दै उपत्यकाका केहि संवेदनशिल स्थानहरुमा पर्दशन गर्न रोक लगाउने निर्णय गरेको थियो ।











प्रतिक्रिया