नेपाल समाचारपत्र, काठमाडौँ ।
तत्कालीन शेरबहादुर देउवा सरकारका पालामा भएका राजनितिक निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले खारेज गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यसविरूद्ध सदन र सडकमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भदौ १४ पछि देउवा सरकारले गरेका निर्णय बदर गर्ने मन्त्रिपरिषदको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको प्रतिक्रिया दिएका छन् । कांग्रेसले देउवा सरकारले गरेका निर्णय बदर गर्नुका कारण पनि सरकारसँग माग्ने भएको छ।
तीन बजे पत्रकार सम्मेलन
कांग्रेसले भदौ १४ पछिका सबै निर्णय बदर गर्नुको कारण पनि प्रष्ट पार्नुपर्ने बताएको छ । राष्ट्रियसभाको निर्वाचन परिणाम माघमा आएको र फागुन ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएको बताउँदै कांग्रेस प्रवक्ता शर्माले भने, ‘के आधारमा भदौ १४ पछिको निर्णय बदर गरियो, सरकारले प्रष्ट पार्नुपर्छ ।’
विरोधका कार्यक्रमबारे बिहिबार दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताइएको छ ।











प्रतिक्रिया