मन्त्रिपरिषद् निर्णयः देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज, क–कसको जागिर चैट ?

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

शेरबहादुर देउवा सरकारले गत भदौ १४ गतेदेखि फागुन २ सम्म गरेका सबै राजनीतिक नियुक्तिका निर्णय सरकारले फिर्ता लिने नर्णय गरेको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभा चुनावको आचारसंहिता लागू भएपछि गरेका सबै निर्णय फिर्ता लिइएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताए।

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिलसिलामा निर्वाचन आयोगबाट चुनाव आचारसंहिता लागू भएपछि र वर्तमान सरकार गठन हुनुभन्दा अगाडि सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, कम्पनी, बैंक जस्ता संस्थामा मन्त्रिपरिषद र मन्त्री स्तरबाट भएका सबै राजनीतिक नियुक्ति तथा मनोनयन खारेज गर्ने निर्णय भएको छ,’ बाँस्कोटाले भने। मनपरि नियुक्ति गरिएको भन्दै तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देउवा सरकारको निर्णय खारेज गर्ने बताएको थियो ।

क–कसको पद धरापमा ?

-दिगम्बर झा, अध्यक्ष, दूरसञ्चार प्राधिकरण

-युवराज भुसाल, प्रमुख कार्यकारी अधिकृत (सीईओ), राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

-संगीता भण्डारी, उपकुलपति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

-विष्णु मिश्र, अध्यक्ष, कर्जा सुरक्षण निगम

-वसन्तप्रकाश उपाध्याय, महाप्रवन्धक, गोरखापत्र संस्थान

-चन्द्र सिंह साउद, प्रमुख कार्यकारी अधिकृत, नेपाल स्टक एक्सचेन्ज

-मिनराज चौधरी, अध्यक्ष, गुठी संस्थान

-नारायण चौधरी, प्रशासक, गुठी संस्थान

-राजकुमार लामा, अध्यक्ष, बौद्धनाथ क्षेत्र विकास समिति

-नरेन्द्रराज बस्नेत, अध्यक्ष, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति

-निकिता पौडेल, अध्यक्ष, चलचित्र विकास बोर्ड

-गंगाधर पराजुली, अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समिति

-नविनकुमार झा, अध्यक्ष, घरेलु तथा साना उद्योग विकास समिति

-शालिकराम सिंह, अध्यक्ष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद

-दक्ष पौडेल, सहअध्यक्ष, राष्ट्रिय सहकारी बोर्ड

-चन्द्रमणि पौडेल, अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड

-राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्षहरु

-देशैभरका नगरविकास समितिका अध्यक्षहरु

-भुपेन्द्र प्रसाद, अध्यक्ष, खानेपानी संस्थान

-बाढी तथा डुबान नियन्त्रण आयोजना नामको नयाँ संरचना खडा गरेर मोरङ कांग्रेसका सुमन कर्णलाई नियुक्त

-पर्यटन बोर्डका दीपक महत, कृष्णबहादुर महरासहित तीन सदस्य

बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले यी पदमा पुनः नियुक्ति गर्ने निर्णय गरेको हो।